बिष्णु प्रसाद शर्मा,
नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिन पर्ने पृथ्वीनारायण शाहको नाम बिदेशीको तलुवाको र सास्वादको कारण गुमनाम भएको छ । यो कटुसत्यतालाई कुनै पनि नेपाली जनताले नकार्न सक्दैनन् । पृथ्वीनारायण शाह देखि १२ पुस्ताका ज्ञानेन्द्र बीर बिक्रम शाह हुन र देशी बिदेशी शक्तिका आँखाका तारा बन्दै आएका यी शाहवंशीय राजाहरुले नेपाल र नेपाली जनताको हितका खातिर अतुलनिय र बिदेशी परचक्रिहरुका लागी अझुकनीय कामहरु गरेर जनमानसको मनमष्तिस्कमा गहिरो छाप छोड्न सफल भएका थिए, छन र रहिरहने छन । झापाको मेचीपुलमा सेता जोडी परेवा उडाएर जनताहरुलाई अब म पनि शान्तिपूर्ण तवरले जनचाहना अनुरुप नेपाल देश नेपाली जनताहरुको दर्दनाक अबस्थालाई टुलु टुलु हेरेर मात्रै बसिरहन शक्दिन भन्ने आशयका साथ दलहरुलाई सहकार्यगरौं भन्दा उनीहरुले खिशिटिउरी मात्रै गरेनन् ।

बिदेशीको चारोका भरमा र अहंमताको उचाईमा चढेर मसानको संज्ञा समेत दिन चुकेनन् । तर २०७९ साल चैत्र २० गतेका शुभ साइतमा जनताहरुले सुनसरीको इनरुवा स्थित कभड हलमा आयोजक पूर्व मन्त्री केशर बहादुर बिष्टले आयोजना गर्नु भएको राजाको नागरिक अभिनन्दन समारोहको कार्यक्रममा जनताको शक्ति के हो त ? भनेर चेतावनी सहित प्यारा शाहवंशिय राजा ज्ञानेन्द्र शाहलाई भव्यता र सभ्यताका साथ अभिनन्दन गर्दै देशलाई शाहवंशीय राजाको ठूलो खाँचो खड्किएको सन्देश पनि दिएका छन ।
त्यस कार्यक्रममा उपस्थित जनताहरुले राजसंस्थाको पुनःस्थापनाका लागी सडक आन्दोलन दैनिक रुपले निरन्तर रहनु पर्दछ भनेर जनता र राजाका समर्थकहरुलाई सुझाव दिने काम पनि गरेका छन । इनरुवाको अभिनन्दनले बिदेशीहरुका हलिहरुको मनमा हलचल मच्चिएको छ र ढाकाको कोट लगाएका र तीन टाउँका जोडेका थकान र हतास हुँदै बरवराउने र -याल सिंगान समेत झरेको पत्तै नहुने अबस्थामा पुगेकाले नागरिक अभिनन्दनका आयोजक केशर बहादुर बिष्टलाई जनताले माया गरेका छन । यो मायाको कदर गर्दै बिष्टले सडक आन्दोलनलाई निरन्तरता दिउन भन्दै जनता उहाँलाई साथ दिन तैयार देखिन्छन् , युवाहरुको चाहना पनि यही रहेको छ ।
भारतले १२ बुँदे सम्झौता गराएर १९ दिने सडक आन्दोलन समेत उसैको बलवुतामा गराएको यथार्थ बिवरण बुझेर देश, जनता र धर्म राजाको पक्षमा २०६३ देखि निरनतर रुपले सडककै बास लिएका देशभकत जनताहरुको आशाको दियो ज्ञानेनद्रले मेची पुलमा उभिएर बस्न सहयोग पुयाउने दुर्गा प्रसाईलाई केही सुधारिएर सहकार्यमै निरन्तरताको बाटोमा हिडिरहन सुझाव सहित शन्देश दिएका छन । देश, जनता र स्वाधिनता भन्दा ठूलो दलियता कदापि हुँदैन, सबै जनताले देशको सुरक्षाका निम्ति राजालाई साथ दिनु पर्दछ भन्ने शन्देश दिएका छन । केशर बहादुर बिष्टले यी कुराहरुलाई गहन रुपले ग्रहण गरुन् । सडकमा आवाज उठाउँदै आइरहेका सबैलाई समेटेर सुधार, सुसार गर्दै एक ढिक्का बनाएर साथमा साथ दिने लिने काम पनि गरुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend