बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

देशको बिकास र समृद्धि एमाले पार्टीले बाहेक अरुले गर्न सक्दैनन्ः रिजाल

देशको बिकास र समृद्धि एमाले पार्टीले बाहेक अरुले गर्न सक्दैनन्ः रिजाल

खबरब्रेकिंग,काठमाडौँ, बैशाख ९ गते। नेकपा (एमाले)का युवा नेता राम प्रसाद रिजालले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ जोस, जाँगर र उत्साह थपेको बताएका छन् । खबरब्रेकिंग संग छोटो कुरा गदै उनले यस्तो बताएका हुन ।
आगामी चुनावमा एमालेले बहुमत सहितको सरकार बनाउने दावी समेत गरे । एमाले प्रति जनताको आकर्षण बढिरहेको र अब एमाले सबै भन्दा ठूलो र शक्तिशाली पार्टी बन्ने उनले बताए । देशको बिकास र समृद्धि एमाले पार्टीले बाहेक अरुले गर्न नसक्ने उनको भनाई छ ।
देश भरीका एमाले नेता, कार्यकर्ताहरुमा जोस, जाँगर र उत्साह बढिरहेको र त्यही उत्साहले पार्टी बलियो बन्ने आधार बनेको उनले बताए । उनले बर्तमान गठबन्धन सरकारले देश र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको आरोप लगाए । देशमा यही सरकार रहिरहे संकट आउने उनले बताए । देशको अर्थतन्त्र यति नाजुक हुदा हुदै पनि सरकार त्यति गम्भिर र चिन्तित बन्न नसकेको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend