खबरब्रेकिंग,काठमाडौँ, बैशाख ९ गते। नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे हुने विशेष कार्यक्रमलाई अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एक नेताले जानकारी दिए।
२२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो। राणाकालमा नेपालमा पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका थिए। पुष्पलाल पार्टीका महासचिव बनेका थिए।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो। मोतीदेवी भौतिक रुपमा उपस्थित थिएनन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend