सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नागरिकले कसलाई भन्ने राष्ट्रवादी कसलाई भन्ने रास्ट्रघाती ?

नागरिकले कसलाई भन्ने राष्ट्रवादी कसलाई भन्ने रास्ट्रघाती ?

भक्त के सी

खबरब्रेकिंग, काठमाडौं, बैशाख ६ गते। नेपालका लागि को दुश्मन को मित्र कस्ले शोषण गरिरहेको अवस्था छ ? विभिन्न कारणले नेपालका नागरिकलाइ दुख आइरहेको हुन्छ।महंगी ,असुरक्षा, गुणस्तहिन शिक्षा, कृषि, उद्योग, सडक विस्तारलगायत विभिन्न कारण देखाउदै अबरोध छ । हुदा हुदा फोहर ब्यबस्थापन समेतमा समस्या छ ।भारतले चीनले भनेपछि मिल्ने, भारतले -चिन ले दुःख जनाउ गरेसँगै आपसमा झैझगडा गर्ने नेताहरूको परम्परानै छ । बिहान अभद्र गालीगलौज गर्ने बेलुकी भएपछि उनैसँग रात बिताउने प्रवृत्ति हाम्रा नेताहरूसँग छ। चलचित्रमा नायक खलनायकको भूमिका निभाएको जस्तो देखिन्छ ।राष्ट्र हितका सुझावहरू योगदान केहि छैन ।आत्मा न भएको रुप मात्र छ जस्तो भान पर्छ ।हाम्रो राष्ट्रलाई बलियो बनाउनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उचित ज्ञान हुनु हो र सबैलाई शिक्षामा पहुँच हुनुपर्छ। जति साक्षरता दर हुन्छ, त्यति नै राष्ट्र बलियो हुन्छ ।
राष्ट्रलाई बलियो बनाउने महत्वपूर्ण तत्वहरू: नेतृत्व, आर्थिक प्रभाव, राजनीतिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र बलियो सैन्य गठबन्धन।अन्तर्क्रियात्मक पक्ष, शिक्षित योग्य मानिसहरूले देशलाई दिशा निर्देस गर्नु सक्छन ।यहा तिग्रे ,मसलवाला लियर राजनीतिज्ञ नेताहरूले के गर्न खोजेको ? भीडले खराब बानी पार्छ रास्ट्र बिर्सन्छ, कुलतमा लाग्छ । सौदाबाजी गर्छ गराउछ, गफ गर्ने गर्छ ,अतिभोग गर्ने,झूट बोल्दै हिड्नेगर्छ ,अरूलाई प्रभावित गर्न बाँच्ने,आफूलाई मन नपर्ने कुराहरूलाई ‘होइन’ भन्न पनि नसक्ने असफल,नराम्रो वा विषाक्त अवस्थामा रहनु हो । नेपालमा बर्शौदेखी भैराहछ। नागरिकले एउटा कुरा देशबासी संग जान्न चाहन्छन् फेरि यो देशमा राष्ट्रघात हुने हो कि ! राष्ट्रघातीकोहुन् ? मान्छे छानीछानी राष्ट्रघाती करार गर्ने होड नै चल्नेवाला छ ।कोचाहिँ वास्तविक राष्ट्रघाती हो ? कसरि चिन्ने ? नेपालमा भएका नदीनाला विकास र सन्धिको नाममा बेच्नेलाई के भन्ने ? गण्डक ब्यारेजसम्बन्धी सम्झौतामा गर्नेलाई के गर्ने ? कोशी सम्झौता गरे के भन्ने ,गण्डक सम्झौता गरे के भन्ने ? कालापानीमा भारतीय सेना तैनाथ राख्ने सम्झौता गर्न समेत पछि परेनन्, नेपालको राजनीतिमा सबैभन्दा बढी राष्ट्रघाति सम्झौता भारतसँग भएको देखिन्छ ।माथिल्लो कर्णाली, पश्चिम सेती परियोजना र अरुण तेस्रो जस्ता सम्झौताहरु गरे । नेपाल र भारतबीच थुप्रै सन्धि÷सम्झौता भएका छन्, जो सन्धि÷सम्झौताले नेपाललाई फाइदाभन्दा बेफाइदा धेरै पुर्‍याएको छ । एमसीसी राष्ट्रघाती रहेको भन्नेलाई कडा जवाफ दिए पास गरि छाडे , नागरिकता दिनु राष्ट्रघात हो भन्ने लाई कमजोर परिन्छ ।बर्गशत्रु को हो र राष्ट्रघाती को हुन् ।राष्ट्रघाती नेताहरुलाई लखेट्ने भन्दै देशप्रेमी युवाहरुको ठुलो जुलुस, देश ब्यापी अभियानमा लागेको देखिन्छ ।
रास्ट्रमाथि ठुलो अन्तरास्ट्रिय षड्यन्त्र हुदैछ बिज्ञ भन्छन चीन भारतसँग कूटनीति सम्बन्ध बिगार्न दिएको सल्लाह किन मान्छन नेताहरु? दलहरूले चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्नु पर्ने हो ।चीन र भारतसँग मिलेर काम गर्न सकिन्छ ।भारत र चीन दुवै शक्तिराष्ट्र हुन् , हामिलाई कामलाग्ने छिमेकी नै हो ।नेपालको अबको कूटनीति, पराराष्ट्र सम्बन्धकस्तो हुनु पर्छ बिज्ञ को सल्लाह लिनु उपुक्त हुन्छ ।अहिले को अबस्था र अनुभवले देखाउँछ कि प्राकृतिक स्रोतको कमजोर व्यवस्थापन, गुणस्तरहीन शासन र शिक्षा र मानव संसाधनमा कम लगानी सुस्त वृद्धि दर र कम वास्तविक प्रतिव्यक्ति आयसँग र सुस्त वृद्धि सम्बन्धित समस्याले ग्रसित छ ।नागरिकले कसलाई भन्ने राष्ट्रवादी कसलाई भन्ने रास्ट्रघाती ? राष्ट्रवादी आचरण छैन , राष्ट्रको अस्तित्व बचाउनेजस्तो जिम्मेवारीमा बसेका व्यक्तिहरू नै पथभ्रष्ट, लोभी, चरित्रहीन र विदेशीका गुलाम बन्दै गए भने त्यो राष्ट्र विश्व मानचित्रबाटै लोप हुन सक्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend