बिष्णु प्रसाद शर्मा,
हिमाच्छादित अर्थात हिमालयको काखमा लमतन्न आकारमा अथवा पुरै यौटा सयन अबस्थामा रहेको पबित्र भूमिको नाम नेपाल हो । हजारौ बर्ष पुरानो र प्राचीनतम सुन्दर देश पूर्वजहरुले सन्ततिलाई नासोका रुपमा छोडेर गएका स्मृति चिहनहरुलाई सबैले नियाल्नु पर्ने आबश्यकता छ । गोपाल तथा महिषपाल पछि उदय भएका तर भागेका किरांतबंशी साथै शिवदेव प्रथम, अंशुवर्मा, नरेन्द्रदेव,जयदेव द्धितीय र मध्यकालको सन् ११५० मा नागराजले कर्णाली प्रदेशको दुल्लुको स्तम्भ लेखमा भनियो, ”सिञ्जा शहरको स्थिती बसाल्नु भयो” सन् १०९७ कर्णाटकवंशी नान्यदेव, सन् ११११ मा नान्य देवको डोयफौजले नेपाल उपत्यकामा आक्रमर्ण गर्यो । जयस्थिीती मल्ल, यक्ष मल्ल र सन् १४८१ मा यक्ष मल्लको मृत्यु भए पछि भक्तपुर, कान्तिपुर, नुवाकोट र पाटनलाई समेत नियन्त्रण गरेका थिए । कान्तिपुर रत्नमल्ल, महेन्द्र मल्ल, लक्ष्मी नरसिंह मल्ल, प्रताप मल्ल, जयप्रकाश मल्ल, गोर्खा शाह वंश द्रव्य शाह, राम शाह, बाइसी र चौविसे राज्यहरु भएता पनि बैरी फिरंगी परचक्रिहरुको हातमा नेपाल पुगेको थिएन । केवल राजाहरुकै दरसन्तानहरुमा रुमल्लिएको कारण मुसलमान, इष्टइण्डिया जस्ता परचक्रीहरुले निहालि रहेका थिए । बि स ५ असोज २०२५ मा इण्डियाको गुप्तचर आई वी २५० जना अधिकृतलाई अलग गरेर सोभियत युनियनको के जि वी को सहयोगमा राजनीतिक जासुुसी भर्ना खातिर इन्दिरा गान्धीले (रअ) गठन गराएकी हुन । सो संस्थाका प्रमुख रामेश्वरनाथ कावले केजीवीसंग २० बर्षे जासुुसी सन्धि गरेका थिए । नेपाल आज (रअ )का जासुस र दलियताको साइदुवाहरुको फन्दामा परेर कठिन अबस्थामा पुगेको छ । धेरै राजाहरुले शासन गरेता पनि परचक्री, बैरी फिरंगीहरुले आँट गर्न सकेका थिएनन् । राजाहरुको रिस गरेर आफू जाती बनेर सत्ता हातमा लिएर अतिनृधिणी, नकचरो र हत्या हिंसाको आडमा आतंक मच्चाएर शासक बन्ने लालसीहरु देशमा नजन्मनु पर्नेः आजात शत्रु कै पहिचान हुन पुगेका छन र यीनीहरुलाई इण्डियन (रअ) ले खेलाईरहेको छ । (र अ) लाई सुविस्था हुने किसिमले सरकार गठन हुन्छ । उसले भनेको मानेन भने नमान्नेले जिउन पनि पाउँदैन, उदाहरणहरु धेरै छन । यात भनेको मान । नमान्ने भए उसवाट हुन सक्ने खतराको सामना गर । अहिले पश्चिमाहरु पनि रअ कै सहयोगमा नेपाली भूमिमा छिरि सक्यो । भोलीका दिनमा चीनमा पुग्दै छ । नेपालका नेता हौं भन्नेहरुले यो बुझेका छन् र देश वरवाद भए पनि आफूहरु बाँचेर मस्ति गर्न चाहन्छन् त्यसैको परिणाम हो आजको अबस्था ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend