बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कलाकार उद्धव मिश्रले खोले चिया पसल

कलाकार उद्धव मिश्रले खोले चिया पसल

Exif_JPEG_420

खबरब्रेकिंग, काठमाडौँ, बैशाख ५ गते। कलाकार उद्धव मिश्रले चिया पसल खोलेका छन । काठमाडौंको टोखा स्थित साईवावा चोक नजिक लक्ष्मी बैंक अगाडी चिया पसल खोलेका हुन । उनको चिया पसलमा पूर्व सासंद देखि कलाकार, राजनीति नेता र सर्बसाधरणको जमघट हुने गर्दछ ।
मिश्र लामो समय सम्म कलाकारितामा आफनो उर्जाशिल जीवन बिताए । र यो संगै रमेश खरेलले नेतृत्व गरेको नेपाल सुशासन पार्टीको केन्द्रिय सदस्य समेत भएका मिश्रले सो पार्टीवाट राजीनामा दिएर अहिले आफनो ब्यवसाय सुरु गरेर बसेका छन । उनि भन्छन्, -”राजनीति र कलाकारिता मेरो नशा हो, यो केही समयका लागी बिश्राम मात्र लिएको हुँ । चटक्कै छोडेको होइन। उपयुक्त समय आउँदा राजनीति र कलाकारितालाई एकै साथ अघि बढाउँछु । थोरै बाध्यताले सानो ब्यवसाय सुरु गरेको मात्र हुँ । अहिलेलाई यसैमा सन्तुष्टि छु ।” उनले दुखीको यात्रा, हाम्रो देश, हाम्रो भेष, डियुटी प्रसाद, बाल्यपीडा, मिहिनेती हातहरु लगायत थुप्रै सन्देशमूलक टेलिफिलिम निर्माण गरिसकेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend