सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गर्भवतीले खाने आइरन चक्की राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी खरिद सम्झौता

गर्भवतीले खाने आइरन चक्की राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी खरिद सम्झौता

खबरब्रेकिंग, काठमाडौँ, बैशाख ५ गते। स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो ।

विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा। सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ ।

ुअसार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,ु उनले भने । उनका अनुसार आइरन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो । अर्थ मन्त्रालयले फागुनको अन्तिम साता आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ निकासी गरेलगत्तै विभागले सो कम्पनीसँग खरिद सम्झौता गरेको हो । यो समाचार नागरिक नागरिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend