सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एमालेका सचिव योगेश भट्टराईले यसो भन्छन्

एमालेका सचिव योगेश भट्टराईले यसो भन्छन्

खबरब्रेकिंग, काठमाडौं, बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं। २ मा गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने बताएका छन् ।
चुनाव प्रचारका लागि चितवन पुगेका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए । ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन सक्ने उनले बताए ।

उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपिल गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend