काठमाडौं चैत २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन् । श्रेष्ठलाई आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि पार्टीले कारबाही गरेको हो ।
श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपाका सांसद बनेका थिए । पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको बताए । यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend