खबरब्रेकिंग, काठमाडौँ चैत २४ गते । नेपाल सुशासन पार्टीको केन्द्रिय सदस्य, नुवाकोट जिल्ला अध्यक्ष र साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका उद्धव प्रसाद मिश्रले अब कुनै अर्को पार्टीवाट सक्रिय राजनीति गर्ने बताएका छन । आज खबर ब्रेकिंग संग कुरा गर्दै यस्तो बताएका हुन ।
उनले देश र जनताको सेवाका लागी आफू सक्रिय राजनीतिमा आउन थालेको बताए । कुन पार्टीबाट सक्रिय राजनीति गर्ने भन्ने बारेमा भने अहिले नै उनले प्रस्ट पारेनन् । अब कुनै दिन पत्रकार सम्मेलन राखेर आफना धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । देश र जनता प्रति इमानदार पार्टी रोजेर मात्र पार्टी प्रवेश गर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend