सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

आज दुई कम्युनिष्ट पार्टी बीच एकता

आज दुई कम्युनिष्ट पार्टी बीच एकता

खबरब्रेकिंग,काठमाडौं चैत्र २४ गते। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच आज एकता हुने भएको छ। इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज मध्याह्न १२ बजे पार्टी एकता घोषणा हुने कार्यक्रम रहेको बताइएको छ ।

उनीहरूले पत्रकार सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) मोहन वैद्यले नेतृत्व गरेका छन भने नेपाल कम्युनिष्ट पार्टी (बहुमत )को धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेका छन । आज दुबै पार्टी एकता हुदैछन ।

बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाटअलग भएर नेपाल कम्युनिष्ट पार्टी ९बहुमत० पार्टी गठन गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend