सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

परम्परागत संस्कृति समाज बचाउ अभियान

परम्परागत संस्कृति समाज बचाउ अभियान

भक्त के सि

खबरब्रेकिंग, काठमाडौं, चैत्र २३ गते। वर्ग र जात/जाति बीच नेपालमा गृह युद्द मच्चाउन बैदेशिक शक्ति लागि परेको बुजिन्छ , थाहा पाउदा पाउदै पनि केहि स्वार्थीका कारण सबै जात जाति आआफ्नो पहिचान वा अधिकारका लागि सचेत र संघर्षशील बन्न थालेका छन्। जात जति एक पहिचान को लागि हो । परम्परागत संस्कृति समाज बचाउ अभियान ठिक हो । एक आपसमा झगडा गर्नु धेरै नराम्रो र नकारात्मक भावना हो।
सबै बस्तुको जात जाति हुन्छ , मानिस , चरा चुरिङ्गि , जनावर, ढुंगा , माटो आदि । आफ्नो पहिचानको लागि पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय सम्झनु पर्छ ।जात- जातिको धर्म सस्कार को हामी नेपाली भएर रक्षा गर्ने हो। नेपालका जातिहरूको विभाजन भाषा, जातिय पहिचान तथा जातिप्रथाबाट भएको हो । हरेक जातिहरूमा विवाहवारी आफ्नै जातिमा हुने गर्छ । हरेक जातिको आफ्नो भाषा, संस्कृति र सभ्यता रहने गर्छ । भगवद्गीतामा भगवान कृष्णले अन्तरजातीय विवाहलाई स्पष्ट रूपमा समर्थन गर्नुभएको छ।जातीय भेदभावको यो अभ्यास मानव निर्मित हो र यसलाई पालन गर्नेहरूलाई गीतामा भगवानले “अमानवीय” भनेका छन्।नेपालमा धेरै जातजाति छन् , र भगवान विष्णु नीलो छालाको देवता हुनुहुन्छ । किनभने उहाँ क्षत्रिय र ब्राह्मणहरू बीचको क्रस प्रजननको उत्पादन हो। अन्तरजातीय विवाहलाई मान्यतया दिइन्छ ।

२०६८ नेपाल जनगणनाले नेपालमा १२५ जातिहरू रहेको दर्शाउछ ।
क्षेत्री ,पहाडी ब्राह्मण/बाहुन ,मगर ,थारू ,तामाङ, नेवार ,कामी ,नेपाली मुसलमान, यादव,राई जाति, गुरूङ ,दमाइ/ढोली ,ठकुरी ,लिम्बु ,सार्की,तेली ,चमार/हरिजन/राम ,कोईरी/कुशवाहा ,मुसहर ,कुर्मी ,सन्यासी/दशनामी ,धानुक ,दुसाध/पासवान/पासी ,राउटे ,नुराङ ,कुसुण्डा अन्य नछुट्टिएको तथा विदेशी समेत नेपालमा बसोबास गर्दछन । नेपालमा धेरै जातजाति छन् ।अझै थपिँदैछन् जातजाति नेपालमा अझै जाति तथा समुदाय पहिचान/सुचीकृत हुने क्रममा छन् । यिनीहरू धेरै थरहरूमा विभाजित छन् ।पहिचानको मुद्दा प्रमुख बनिरहेको नेपालको राजनीतिक धरातलमा कुन जाति कति छन् भन्ने चासो सर्वत्र छ। जातजाति, विभिन्न धर्मावलम्बी तथा भाषाभाषीको सही पहिचान गरेर समतामूलक समाज निर्माण गरेमा मात्र समावेशी लोकतन्त्रको नाराले सार्थकता पाउँछ।वि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा बोलिने भाषाहरुको संख्या १३१ पुगेको छ ।

नेपालमा हिन्दू धर्मका अतिरिक्त नौवटा अन्य धर्मका अनुयायीहरू छन्। त्यस्तै, मस्टो धर्मको पनि उपस्थिति छ। सबैमा नेपाली मन र नेपाली पन सबैमा छ र हुनु पर्छ ।सँगै बस्ने , सँगै काम गर्ने र राष्ट्रको लागि योगदान गर्ने मुख्य लक्ष्य नै हाम्रो धर्म हो । नागरिकका रूपमा प्रत्येकको समान अधिकार छ।सबै मानिस स्वतन्त्र र समान छन् ।र मित्रताको भावनामा अरूप्रति व्यवहार गर्नुपर्छ। यसको अर्थ हामी सबै मानवअधिकारको समान हकदार छौं।स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता, काम र शिक्षाको अधिकार, राजनीति , रोजगारि र अन्य धेरै समावेश छन्। विना भेदभाव सबैलाई यी अधिकारको हक छ।नेपाल सबैको साझा फुलवारी हो ।सबैको साझा प्रयासबाट मात्रै मुलुकको आर्थिक संकट पार लाग्छ, बिकसित हुन्छ ।प्रगति सगै आपसी लक्ष्य पुरा हुन्छ ।त्यसैले समाज र राष्ट्र बिकासका साथै राज्यप्रति सबैको साझा दायित्ववोध गराउन पर्छ ।राष्ट्रको लागि सोच्नुहोस् पहिले आफ्नो देश बनाउ बचाऊ , राष्ट्र रहेनै हामी रहने छौ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend