खबरब्रेकिंग, काठमाडौं चैत्र २३ गते । काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धमेन्द्र बाँस्तोला संयोजक रहेको नेकपा (बहुमत)बीच एकता हुने भएको छ । शुक्रबार दिउँसो १२ बजे पत्रकार सम्मेलनको आयोजना गरेर एकता घोषणा गर्ने नेकपा (बहुमत)का एक नेताले जानकारी दिए ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धमेन्द्र बाँस्तोला संयोजक रहेको नेकपा (बहुमत)बीच एकता हुने भएको हो ।नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा परित्याग गरी बाँस्तोलाले नेकपा (बहुमत) घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend