खबरब्रेकिंग,काठमाडौं चैत्र २२ गते । नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन मंगलवार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै सर्वाधिक हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ । मंगलवार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend