सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पृथ्वीनारायण शाहको दिव्य उपदेशवाट राष्ट्रवाद बुझने की ?

पृथ्वीनारायण शाहको दिव्य उपदेशवाट राष्ट्रवाद बुझने की ?

बिष्णु प्रसाद शर्मा,
आजको रअ र इसाईको नेपाल माथि भएको संयुक्त प्रहारलाई हेर्दा पृथ्वीनारायण शाहको राष्ट्रवाद, महेन्द्रको राष्ट्रवाद र बीरेन्द्रको राष्ट्रवादलाई एकै साथ नियाल्नु पर्ने हुन्छ । राष्ट्रवादी चिन्तन राष्ट्रको एकता, अखण्डता, स्वतन्त्रता सार्वभौमिकता र सर्वाङगीण समृद्धिका लागी बस्तुगत रुपमा समर्पित भएर गर्ने प्रण हो । प्रणले युवक पृथ्वीनारायण शाहलाई घच घच्याएको थियो । उनको त्यही अठोटले नेपाल एकिकरण भयो । नेपाली स्वाभिमानी भएर बाँच्न सकेका छौं । बिश्वमा यस्तै महान काम गर्ने सबै नेताका अबस्था यस्तै पाइन्छ । राष्ट्रवाद कुनै कोरा कल्पना होइन, यो सम्पूर्ण जीवन शैली हो । पुर्खाले जोगाएको धरोहर जोगाउन प्राणको उत्सर्ग समेत गर्नु पर्दछ भन्ने चेतना बिना कोही युवा सच्चा राष्ट्रवादी हुन सक्दैन । युरोपमा भएका औद्योगिक उत्पादनलाई बजार खोज्ने क्रममा इसाई गोराहरु इष्ट इण्डिया कम्पनी खोलेर भारत पसे । तिनले ब्यापार मात्र गरेनन् यहाँको राजनीति हत्याए र बैदिक धर्म मास्ने काम गर्न थाले । भारत भरका राज्यमा तिनलाई चुनौति दिने एक जना जन्मिए । ती थिए गोरखाका राजा पृथ्वीनारायण शाह । बैदिक सभ्यता जोगाउने र जति सुकै शक्तिशाली होस् विधर्मीय परचक्रीलाई चुनौति दिने हेतुले उपनिवेश शासनको बिरुद्ध उनी खडा भए । त्यस बेला सम्म भारत बर्षमा बैदिक शासन पद्धति थियो । प्रायः धर्म राज्य भएकाले प्रहरी, अदालत र हतियारको खाँचो महसुस नगरेको कुरालाई मेकाउलेले नै उल्लेख गरेका छन । गोराको फुटाउ र हत्याउ नीतिले आपसमा सन्धि र बिग्रह हुन थालयो । गोराहरुले एका एक गरेर धेरै राज्य हडप्दै गए । बैदिक धर्म र संस्कृति मास्दै गए । सबै मिलेर शक्ति सञ्चय नगरे अंग्रेजले एक छत्र गराउने हल्ला गोरखा सम्म आइपुग्यो । दुरदर्शी पृथ्वीनारायण शाहले एकीकरण कसरी गर्ने यही चिन्तन गर्न थाले । एकीकरणको मूल उदेश्य पौरस्त्य सभ्यता र संस्कृतिको संरक्षण गर्नु थियो । उनको एकीकरणको लक्ष्य गंगा मैदानको उत्तरतिरको चोखो तपोभूमिमा केन्द्रित भयो । शास्त्रमा यसलाई हिमवन्खण्ड भनिन्छ । हिमवन्खण्ड नै नेपाल हो ।यस भू खण्डमा अंग्रेजलाई प्रवेश निषेध गरेर बैदिक सभ्यता पहिचान जोगाउने स्पस्ट अवधारणा राखेर उनले अभियान चलाए । पृथ्वी नारायण शाह एसिया महाद्धीप कै महान नेता बने । उनका अनेकौ खुवीका कारण उनी महान भएका हुन । उनमा अन्तर्निहित रहेको एकीकरण गर्ने नेतृत्व खुवी र पौरस्त्य संस्कार र सभ्यता जोगाउने महत्वपूर्ण दर्शन हुन् । नेपाललाई औपनिवेशिक भौतिकवादीवाट जोगाउने सांस्कृतिक नेता हुन शाह । उनको जस्तो नेतृत्व खुवी त्यस बेला एसियाका कुनै नेतामा थिएन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend