खबरब्रेकिंग, काठमाडौं, चैत्र २१ गते । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरेका छन् । श्रेष्ठको प्यालनबाट जिल्ला–नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् । यो प्यानलबाट वस्तुगततर्फ उपाध्यक्षमा ढकालसहित १४ सदस्यका उम्मेदवारको प्यानल नै घोषणा भएको छ । एसोसिएसट र जिल्ला–नगरतर्फका कार्यकारिणी सदस्यका उम्मेदवार भने अझै घोषणा गरिएको छैन ।घोषणासभामा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले उद्योगी–व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहका रूपमा आफूहरू अघि बढेको बताए ।
एसोसिएटतर्फका उपाध्यक्ष भरत आचार्यले अहिले देशको अर्थतन्त्र र उद्योगी–व्यवसायीका समस्या समाधान गर्न आफूले उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए । वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आबद्ध भएर काम गर्दा वस्तुगत संघहरूको समस्यालाई नजिकसँग बुझेको भन्दै वस्तुगत संघका समस्या समाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् ।महासंघको ५७औँ वार्षिक साधारणसभा तथा अधिवेशन यही चैत २८ र २९ गते काठमाडौंमा हुँदै छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend