काठमाडौँ । डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन्।
एकीकृत समाजवादीका केन्द्र्रीय सदस्य मोहन गौतमका अनुसार डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्षमा पनि समाजवादीका उम्मेदवार निर्विरो भएका छन्। गौतमका अनुसार त्यसै पालिकाको ६ वटा वडाका अध्यक्ष पनि समाजवादीकै निर्विरोध भएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend