आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी

ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी

 

काठमाडौं १२ बैशाख । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइलट प्रोजेक्टका रूपमा नेपालमा पुनः एकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई छोडेर नगद सहयोगसहितको सीप कार्यक्रम नेपालबाट सुरु गर्न लागेको हो।

ईपीएस सेन्टर एचआरडीमा नेपाल प्रमुख किम उन दकले नेपालमा सञ्चालन गरिने यो कार्यक्रम सफल भए अन्य ईपीएस सदस्य देशमा समेत गर्ने तयारी रहेको बताए । कोरियाले मे महिनाबाट ईपीएसअन्तर्गतका श्रमिकलाई पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए। हाल दक्षिण कोरिया सरकारको सहयोगमा बुटवलमा सीप तालिम केन्द्र सञ्चालनमा रहेको जनाउँदै किमले फर्केका युवालाई उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। नेपाली श्रम बजारको माग र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा तालिम सञ्चालन गर्ने तयारी रहेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend