आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

(एनआरएनए) को बस्यो पहिलो पदाधिकारी बैठक

(एनआरएनए) को बस्यो पहिलो पदाधिकारी बैठक

 

 

काठमाण्डौं ११ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहिलो पदाधिकारी बैठक शनिवार अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बस्यो । बैठकमा अध्यक्षद्धय रविना थापा डा बद्री केसी, सहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरुको उपस्थिती थियो । बिधुतिय माध्यमबाट करिब ६ घण्टा चलेको बैठकमा ८० जना पधाधिकारीहरुले आआफ्नो भनाईहरु राख्नुभयो ।

बैठकले युके, अमेरिका, जापान र युएई समन्य राष्ट्रिय समन्य समितिमा रहेको समस्या समाधान ३० अप्रीलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरुलाई आग्रह गरेको छ । बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि युवा उपा अध्यक्षहरुको समन्यमा सबै पक्षलाई सहभागी गराउने निर्णय भएको छ ।

बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाकि राष्ट्रिय समन्य समिति अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुजाउन बाकि पदाधिकारीहरुलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुजाउन आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नतिरेमा विधानअनुरुप टुंगो लगाउने बैठकले निर्णय गरेकोे छ ।

बैठकमा ुअन्तराष्ट्रिय समन्यन परिषद २०२१ – २०२३ु संचालन सम्बन्धी कार्यविधि निर्देशिका बारेमा छलफल भएको छ । सो कार्यविधिमा छलफलमा आएका सुझाव सहित आगामी आइसीसी बैठकमा पेश गरि पारित गर्ने निर्णय भएको छ ।

बैठकले विधान अनुरुप गठन हुने क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरुसंग समन्वयन गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा। हेम राज शर्माको संयोजत्वमा गठित समिति लाइ जिम्मेवारी प्रदान गरेको छ ।
बैठाले स्मार्ट एन आर एन कमिटिको संयोजक को जिम्मेवारी महासचिव केशब पौडेल लाई दिने निर्णय गरेको छ। यस्तै बैठकले संघको आगामी ११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने निर्णय गरेको छ ।

बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहकार समिति, संरक्षक परिषद गठन लगायतको विषयमा अगामी आइसीसी बैठकमा एजेण्डाको रुपमा पेश गर्ने सुझाव दिएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend