काठमाण्डौं ११ बैशाख । जसपाबाट मेयरको टिकट नदिएको भन्दै निवर्तमान मेयर यादवले जसपाका नेताहरूलाई कुटपिट गरेर लोसपामा प्रवेश गरी टिकट लिएका छन् ।
जसपाबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवले पार्टी परित्याग गरी लोसपाबाट टिकट लिएका हुन् । आफूलाई टिकट नदिएपछि टिकट वितरण गर्ने जसपाका कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, प्रदेश उपाध्यक्ष शेषनारायण यादवसहित १०, १२ जना नेताहरूलाई यादवको समूहले आज बैठकमै कुटपिट गरेका थिए।
जसपाका नेताहरुलाई कुटपिटलगत्तै लोसपा प्रवेश गरेका यादवलाई लोसपाका धनुषा अध्यक्ष परमेश्वर साह सुडी, प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया लगायतले पार्टीमा स्वागत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend