काठमाण्डौं ११ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ । तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।
तीन नगरपालिका मध्ये सन्धिखर्कको मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन् । भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा बसन्ता पौडेल चयन भएका छन् । सितगंगा नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेदवार बन्ने भएका छन् ।
यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल चयन भएका छन् । छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थी चयन भएका छन् । यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ भने उपाध्यक्षको अझै टुंगो लागेको छैन । उपाध्यक्षको बारेमा छलफल जारी रहेकाले केही समयपछि टुंगो लाग्ने भुसालले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend