आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन

शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन

 

 

काठमाडौं ८ वैशाख। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालय मातहत रहेका निकायलाई इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिपरिषदको २०७८ चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको र वैदेशिक मुद्राको ठूलो मात्रामा उपयोग इन्धन आयातमा हुने गरेकोले मन्त्रालय अन्तर्गतका सबै निकायलाई इन्धन शीर्षकमा बाँकी २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यन्वयन गर्न लेखि आएकोले निकायमा प्रयोग हुने इन्धन सुविधामा २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले केन्द्र, प्रतिष्ठान, आयोग, संस्थान, समिति, बोर्ड, परिषद्, कार्यलयलाई निर्णय लागू गर्न निर्देशन दिएको छ । यो व्यवस्था २०७९ असार मसान्तसम्मका लागि रहेको समेत जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend