काठमाडौं ५ बैशाख । नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन गौतमले पार्टी परित्याग गरेका छन् । घोराहीमा पत्रकार सम्मेलन गर्दै गौतमले पार्टीबाट विद्रोह गरेको बताएका हुन् । उनी यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलका सल्लाहकारका रुपमा लामो समय काम गरेका थिए ।
उनी माओवादी केन्द्रको तर्फबाट घोराही उपमहानगरपालिका मेयरमा प्रमुख दावेदार थिए। गौतम यसअघिको निर्वाचनमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसँग पराजित भएका थिए । पार्टीभित्र चरम गुटबन्दी र गैर कम्युनिस्ट चरित्र देखिएको भन्दै राजीनामा दिएको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend