सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हैसियत बिहिन अबस्थाको राजनीति

हैसियत बिहिन अबस्थाको राजनीति

बिष्णु प्रसाद शर्मा,

 

कुलिन घरानिया, शिक्षाले भरिपूर्ण, नैतिक जिम्मेवारी र देश जनता प्रति उत्तरदायी भएका ब्यक्तिहरुको जमातवाट माथि उठेको ब्यक्तित्व नै राजनेताको परिभाषा भित्र पर्नु पर्दथ्यो । तर नेपालको राजनीति क्षेत्रमा माथि उद्रीत शब्दहरु नेपाली राजनीतिज्ञहरुमा फेला पार्न सकिदैन । कुनै एउटा बिकट ठाउँबाट नयाँ बस्ती भनौं शहरी इलाकामा प्रबेश गरेर डेरामा बसेर राजाहरुले स्थापना गरिदिएका कलेजहरुमा भर्ना हुने बित्तिकै २, ४ वटा गाडीमा ढुंगा मुडा गरेर वा ३, ४ जना शिलशोभा भएका बिद्यार्थीहरुलाई दुःख दिए पछि युनियनको कुनै पदमा पुग्ने, काँधमा जिम्मेवारी होइन, कुनै दलको झोला भिरे पछि राजनीतिज्ञ बनेको बकनफुसे गफका भरमा दलका हलिले टिकट दिने र गाउँमा गएर एक पटक उच्च घरानाका उच्च ब्यक्तित्व प्रति बिषवमन गरे पछि भोट पाइने नै भयो र बिदेशीले फालेको नोट बटुलेर रक्सि, मासु , भात ख्वाई दिनुका साथै रुपैयाँको खोलो बगाई दिने ब्यापारिक राजनीतिले चुनाव जितिने परिपाटी दलियताले बिकृतिका रुपमा ब्यापकता पाएकै हो, छ र भइरहने छ । जनता पेशा , ब्यवसाय, खेतीकिसानी होइन, दलहरुका झोला भिरेर जय जयकार गर्दै कर्तब्य बिमुख भै गाउँ घर छोडेर शहरको एक कोठामा बसेर कुन दलले बढी रुपैयाँ बाँडदछ त्यसैको पछि लागेर हैसियतबिहिन अबस्थाको राजनीतिमा फटाहहरुलाई जिताउने काम गरे पछि न देशले प्रगति गर्दछ, न त सभासद नै राजनेता बन्न सक्दछन् । यो जटिल अबस्थाको अन्त्य गर्न जनता नै जागरुक हुनु पर्दछ ।
बि.स. २००७ साल देखि नेपालमा बिकृतिको राजनीतिले नराम्रो प्रबेश पायो । स्व श्री ५ त्रिभुवनको कदम गलत होइन, थिएन तर दक्षिणले खेल्ने ठाँउ भने पाएकै हो । बि.स. १९४७ मा ब्रिटिसको पञ्जावाट छुटकारा भए पनि उसले सिकेको राजनीति साम्राज्यवादको भित्रि गदी अधिनायकवाद नै हो र नेपाललाई त्यही आँखाले आज सम्म पनि उसले हेरिराखेकै छ । पश्चिमाहरुको कुर्द गिद्धे नजरलाई साथ र सहयोग अनि भरोसा प्रदान गर्ने अर्ध र नैतिक बिहिन राजनीति गर्ने ब्यक्तित्वहरु फटाफट फोहरमा किरा उब्जीए झै दलहरुमा दुर्गन्धित ब्यक्तिहरु जन्मिदै गए । तर उच्च घरानीया र उच्च ब्यक्तित्वहरुले चालै पाएनन् । नेपालका दलहरुमा स्वच्छ र पबित्र छबि भएका ब्यक्तित्व नगन्ये मात्रामा मात्रै छन । बहुसंख्यक ब्यक्तिहरु अपराधि प्रबृतिका छन । उनीहरुले देश र जनताप्रति कुनै किसिमले पनि उत्तरदायित्व बहन नै गर्नै सक्दैनन् भने जनताले भोट दिएर जिताउनु नै गलत होइन र ? यो प्रश्नको उत्तर दिन सक्ने अबस्थाका भोटर तयार भएकै छैनन् । नेपाली राजनीति कहिले सम्म देश र जनतालाई ठगी रहन्छन् त्यो भन्न सकिने अबस्था छैन । देश र जनताको हित गर्ने राजनेता तैयार गर्न जनता नै सक्षम हुनुको बिकल्प छैन । बिदेशीलाई नेपालवाट फाइदा लिनु छ । जति पनि लगानी गर्न तैयार छन र गरिरहन्छन । दलालहरु त्यो लगानीवाट चुनाव गरेर जनतालाई ढाँटेर बिजय भएको बहानामा देश बेचिरहेका छन् । जनता रण भुल्ल पर्ने होइन, सचेत भएर देशको अस्मिताको महत्व बुझन परेको छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनु हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend