आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सर्लाहीमा ओलीलाई १०१ किलोको मालाले स्वागत

सर्लाहीमा ओलीलाई १०१ किलोको मालाले स्वागत

 

 

सर्लाही ४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्लाहीमा एक सय एक किलोको मालाले स्वागत गरेका छन्। सर्लाहीको मलङ्गवामा आयोजित विशाल जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न यहाँ आइपुगेका उनलाई एमाले जिल्ला कमिटी सर्लाहीले एक सय एक केजीको माला लगाएर स्वागत गरेका हुन्।

कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, केन्द्रीय नेता प्रभु साह, सुमन प्याकुरेल, हरि उप्रेती लगायतका नेताहरु सहभागी छन्। सर्लाहीको सदरमुकाम मलङ्गवास्थित कभर्ड हल परिसरमा आयोजना गरिएको कार्यक्रममा हजारौंको सहभागिता रहेको देखिएको छ।

नेकपा माओवादीका पोलिट ब्युरो सदस्य केसव ढुंगाना र राजपा पार्टीबाट निर्वाचित कबिलासी गाउँपालिकाका प्रमुख कौशल यादवले पनि एमाले प्रवेश गरेका छन्। यस्तै, जनता समाजवादी, माओवादी लगायतका दल त्यागेर एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष ओलीले नव प्रवेशीलाई माला र खादा लगाएर स्वागत गरेका छन्।

जनता समाजवादी परित्याग गरेर एमालेमा प्रवेश गरेको मधेसवादी दल सताको लागि आन्दोलनको नाममा कार्यकर्तालाई सहिद बनाउने र आफ्नो स्वार्थ सिद्व बाहेक केही काम नगरेको कबिलासी नगरपालिका अध्यक्ष कौशल यादवले बताए। मधेसवादी पार्टी नै मधेस विरोधी रहेको उनको तर्क थियो। नागरिक दैनिक

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend