सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

 

 

काठमाडौं २ बैशाख । शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार छापावाला सुन प्रतितोला एकलाख एक हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज थप ५०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख एक हजार ५०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend