आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाली जनता दल र नवनेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण

नेपाली जनता दल र नवनेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण

 

 

काठमाण्डौं २९ चैत्र । नेपाली जनता दल र नवनेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण भएको छ । एकिकरण पश्चात् बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा संघमा राष्ट्रिय अध्यक्ष र संघीय परिषद् अध्यक्ष रहने जानकारी गराइएको छ ।

विशेष महाधिवेशन अथवा महाधिवेशन सम्पन्न नहुञ्जेल सम्मलाई नेपाली जनता दलको संघीय परिषद् २०१ सदस्यीय हुने छ ।

वि.सं २०५१ मा स्थापित नेपाली जनता दल र वि।सं। २०६३ मा स्थापित नवनेपाल डेमोक्रेटिक पार्टीबीच २०७८र०४र१३ गतेदेखि सुरु भएको एकिकरण वार्ता २०७८र१२र२६ गते सम्झौता कार्य सम्पन्न भएको जानकारी गराउदछौं । जसअनुसार स्

१। एकिकृत पार्टीको नाम “नेपाली जनता दल ” कायम रहनेछ र चुनाब चिन्ह चक्का (पाङ्ग्रो ) रहनेछ ।

२। एकिकृत पार्टी नेपाली जनता दलको विशेष महाधिवेशन र महाधिवेशनबाट टुंगो नलागुन्जेल दुई अध्यक्षतात्मक प्रणालीका आधारमा पार्टीको गतिविधि संचालन हुनेछ । जस अनुसार राष्ट्रिय अध्यक्ष (१ र संघीय परिषद् अध्यक्ष (१ , बरिष्ठ उपाध्यक्ष (१ , उपाध्यक्ष – ७ , महासचिव (१ , उपमहासचिव – ७ , सचिव (१ , सहसचिव – ७ , कोषाध्यक्ष – १ , सहकोषाध्यक्ष – १ , प्रवक्ता – १ , संघीय परिषद् सदस्य – १७२ सहित संघमा २०१ सदस्यीय पूर्ण संघीय परिषद् रहनेछ ।

३ । एकिकृत पार्टी नेपाली जनता दलको जिम्मेवारी यसप्रकारको रहनेछ स्
राष्ट्रिय अध्यक्ष – हरिचरण शाह
संघीय परिषद् अध्यक्ष – अनुप पहाडी
बरिष्ठ उपाध्यक्ष – रघु परियार
सहित संघीय परिषद् साविकको नेपाली जनता दलको तर्फबाट १५१ जना र साविकको नव नेपाल डेमोक्रेटिक पार्टीको तर्फबाट ५० जना गरी २०१ सदस्यीय संघीय परिषद् पूर्ण गरिनेछ ।

४। एकिकृत पार्टी नेपाली जनता दलको सैद्धान्तिक विचारधारा तथा दृष्टिकोण सामाजिक न्याय सहितको जनतावाद र मानवतावाद र समानतामा आधारित सामाजिक लोकतान्त्रिक शासन व्यवस्था र समाजवादी अर्थ ब्यवस्था रहनेछ । संघीयता , गणतन्त्र , धर्मनिरपेक्षता, समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली प्रतिको प्रतिबद्धतासहितको स्वाधीन र प्रगतिशील पार्टीको रूपमा रहनेछ ।

५। एकिकृत पार्टी नेपाली जनता दलको तर्फबाट आसन्न स्थानीय तह – २०७९ को निर्वाचनमा एकिकृत पार्टी कमिटीको निर्णयको आधारमा उम्मेदवार तय गरिनेछ ।

६। आसन्न स्थानीय तहको निर्वाचन – २०७९ लाई मध्यनजर गर्दै संघीय परिषद् अध्यक्ष श्री अनुप पहाडीको संयोजकत्वमा ५ (पाँच) सदस्यीय ” स्थानीय तह निर्वाचन – २०७९ परिचालन कमिटी ” बनाइनेछ ।

७ । एकिकृत पार्टी नेपाली जनता दललाई पारदर्शी , प्रविधिमैत्री र जनताको बीचमा अनुकरणीय पार्टीको रूपमा विकसित गरिनेछ र नेपाली जनता दलको तर्फबाट अन्य विचार मिल्ने राजनीतिक पार्टीहरूसंग वार्ता तथा सहकार्य गर्दै एकिकरण तथा तालमेल गर्न प्रयत्न गरी नै रहने छौं ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend