काठमाण्डौं २५ चैत्र । नेकपा माओवादी केन्द्रले सन्धिखर्क नगरपालिकाको मेयरमा श्रीधर खनाललाई उठाउने तयारी गरेको छ । पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समितिले मेयरमा खनालको नाम प्रस्ताव गरेर केन्द्रमा पठाएको हो । केन्द्रबाट निर्णय भएपछि खनालले उम्मेदवारी दिने तयारी थालिने बताएका छन ।
खनाल हाल माओवादीको सम्पर्क समन्वय बिशेष प्रदेश समितिमा रहेर काम गर्दै आएका छन । उनी पार्टीमा विगत लामो समयदेखि क्रियाशील छन । विशेषगरी पार्टी अप्ठ्यारोमा परेका बेला उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन र, अर्घाखाँचीको विकासलागि खनाल काठमाडौंमा बसेर महत्त्वपूर्ण लबिङ गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend