आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपाका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ, हेलिकप्टरमा काठमाडौं लगियो

लोसपाका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ, हेलिकप्टरमा काठमाडौं लगियो

 

 

बुटवल २३ चैत। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् । ठाकुर पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका थिए ।

अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको थियो । ठाकुरमा निमोनिया र अक्सिजन लेभल कम देखिएको डा। सिद्धार्थ पाण्डेले बताए । अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो ।

ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेता महेन्द्र गुप्ताले बताए । अध्यक्ष ठाकुर मुटुको बिरामी रहेकाले नियमित उपचार गराइरहेका छन् । नेता ठाकुर मंगलबार नवलपरासी आएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend