आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नगरपालिका उपप्रमुख लोसपामा प्रवेश, वरिष्ठ नेताहरुले गरे भब्य स्वागत

नगरपालिका उपप्रमुख लोसपामा प्रवेश, वरिष्ठ नेताहरुले गरे भब्य स्वागत

 

 

भैरहवा, २३ चैत । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेकी छन् । उपप्रमुख श्रीवास्तव जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी लोसपामा प्रवेश गरेकी हुन् । लोसपाले बुधबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनलाई पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव लगायतले पार्टीमा स्वागत गरे ।

उपप्रमुख श्रीवास्तव गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी छन् । लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माको अध्यक्षता तथा सचिव एवं प्रवक्ता मोहम्मद इस्लामको सञ्चालनमा कार्यक्रम भएको हो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend