सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फेरि बढ्यो इन्धनको भाउ

फेरि बढ्यो इन्धनको भाउ

 

 

काठमाडौं २३ चैत्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य बढाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। यस अघि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ रहेको थियो ।

बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ। यस्तै हवाई इन्धन आन्तरिकमा ५ रुपैयाँ बढेर प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रिय अमेरिकी डलर ५० ले बढेर प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५ सय ४५ कायम गरिएको छ । यसअघि निगमले चैत २ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमको भनाइ छ । उता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend