काठमाडौं २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसवादी दलहरु एक भएर निर्वाचनमा जानुपर्ने बताएका छन्। जनता समाजवादी पार्टी (जसपा) विभाजन गरेर लोसपा गठन गरेका ठाकुरले ठूला भनिएका दलले मधेसको एजेन्डा पूरा नगर्ने भएकाले मधेसवादी दल मिल्नुपर्ने बताएका हुन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले मंगलबार आयोजना गरेको जनसभामा बोल्दै ठाकुरले मुख्य राजनीतिक दलहरुले उधारोमा सहमति गरेर कार्यान्वयन नगरेको गुनासो गरे। अब मुख्य राजनीतिक दलसंग उधारोमा सहमति नगर्ने उनको भनाइ छ।
मधेसको मुद्दालाई सत्ता संचालनको माध्यममात्र बनाएर कांग्रेस, एमाले र माओवादीले धोका दिएको ठाकुरको आरोप छ।
अध्यक्ष ठाकुरले आफूहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गराए। ुहाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भइरहेको छ, सकारात्मक जवाफको प्रतीक्षामा छौँ, उधारो आश्वासन मान्दैनौँ,ु ठाकुरले भने।
यस्तै पार्टीका नेता राजेन्द्र महतोले मधेस र मधेसी जनतामाथि अझै पनि भेदभाव कायम रहेको जिकिर गरे। मधेसको अधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्नुको विकल्प नभएको महतोको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend