बिष्णु प्रसाद शर्मा,
प्रजातन्त्र नामले सुन्दर र शुशिल छ । प्रजातन्त्रले प्रजाहरुको हक हितलाई सुरक्षित गरेर देशलाई समुनन्तीको शिखरमा पु-याउने काम गर्दछ । तर नेपालमा यो अफाप, असहज र अत्याचारको उचाईमा पुगेर हिलोमा डुबी सकेको छ ।
माथिका उद्गारहरु पढ्नासाथ धेरैलाई कन्सिीरी तातेर यो फटाह रहेछ, भनेर म माथि खनिएलान । किन की ती ब्यक्तिहरुलाई दलियता भित्र गुम्सिएको र प्रजाको र देशको हि तगर्न नसकेको प्रजातन्त्रले भलिभाति लाभ दिएको भन्ने भान परेको छ । जुन ब्यक्तिले लुटेर खान पाएका छन मेरा भनाईलाई अध्यन गरेर मनन् गर्नु हुन्छ । उहाँहरुले देशको माटो र नेपाली जनताको हित भएको छैन भनेर आत्मसात् गरिराख्नु भएको छ र दलियताले भित्रयाएको बिकारहरु अध्ययन गरिराख्नु भएको रहेछ भनेर मान्नु पर्दछ ।
नेपालमा २४० बर्ष राजाहरुले शासन गरे तर बिकास गरेनन् भन्ने आरोप लगाउनेहरुकै माग बमोजिम बि. स. २०४६ सालमा नेपाल नरेश श्री ५ बीरेन्द्र बिरविक्रम शाहले पञ्चायती ब्यवस्था खारेज गरिदिएर दलिय ब्यवस्थाको स्थापना गरि दिइवक्सेको थियो । यो ३३ बर्षमा देशले सबै थोक गुमाइसकेको छ । पञ्चायती ब्यवस्था बिक्रम सम्वत् २०१७ साल पौष १ गते तत्कालिन नेपाल नरेश श्री ५महेन्द्र बिरविक्रम शाहले स्थापना गरि बक्सेको हो । नेपालमा जे जति बिकासहरु भएका छन ती सबै पञ्चायती ब्यवस्थामा नै भएका हुन ।
नेपालमा यसकारण दलियता अफाप छ की बि. स. २०४६ पछि राजा श्री ५ महेन्द्रबाट स्थापना भएका प्राय सबै उद्योग, कलकारखाना जे जति थिए बिक्रि गर्न सकिने जति सबै बिक्रि गरेर दलियताका हिमायती हौं भन्नेहरुले भारतको इसारामा उसलाई खुशि दिलाउन कौडीको भाउमा बेचेर खाएका हुन । यसको प्रत्यक्ष साक्षी जनता जनादर्न नै छन । सरकारी कार्यालयहरु , संस्थाहरु , देवालयहरु र पुराना दरवारहरुमा गहेका सम्पूर्ण अमूल्य बस्तु, गहना, नगद र पैसाले किन्न नपाउने, नसकिने सबै चिज दलियताले सिध्यायो र आज देश चलाउन बिदेशी संग कमण्डलु लिएर भिख मागिरहेको छ । किन बन्न सकेन देश ? यो प्रश्नको उत्तर जनताले खोजिरहेका छन । नेपाली युवाहरु दलमा स्थान पाएका बाहेक सबै गाउँ घर, शहर रित्तो हुने गरि बिदेश पलायन हुन बाध्ये भएका छन । देशमा बिकासका नाममा डाडाँहरुमा बाटो बनाइएको छ त्यो पनि बिल भर्पाई पेश गर्नु नपर्ने भएकाले डोजर लगाएर धुलाम्मे र हिलाम्मे छ । बि स २००७ साल देखि बि स १७ मंसिर मसान्त श्री ५ महेन्द्रले दलियताले दिएको दुख्ख, छिमेकी मुलुक भारतले दिएको पिडा र त्यहीवाट उत्पादन हुने दलका नेताहरुको चरित्र केलाएर अब नेपालमा प्रजातन्त्रले केही गर्न दिंदैन भन्ने अठोटका साथ निर्भिक, निडर र देश र जनता प्रति अभिभावकीय सन्देश दिनु पर्ने महशुस गरिबक्सेकै हो । यदी राजा महेन्द्रको त्यो उचित कदम चलेको थिएन भने नेपाल आज सम्म रहने नै थिएन । यो दलियता देश बेच्न र युवाहरुलाई बिदेश पठाउन मात्रै आएको हो । छिमेकी भारतकै खेल थियो । यसलाई हाल भ्रमणमा रहेका प्रमले नै पुष्टी गरेका छन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend