फाइल तस्बिर
काठमाडौँ २० चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँगको हिमचिममा रहेको बताएका छन्। धनगढीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
राजासँग अहिले पनि संवाद रहेको आरोप नेपालले लगाएपछि ओलीले केही दिनअघि नेपाललाई राजालाई दाम चढाउँदै हिँड्नेहरु जथभावी बोल्दै हिँडेको बताएका थिए।
ुओलीले नै राजा बचाऊँ भन्दै हिँडेका हुन्। हामी त राजा फ्याँक्ने आन्दोलनमा थियौँु, उनले भने, ुओली नै राजालाई दाम चढाउँदै हिँडेका हुन्। अहिले पनि उनै हिमचिम बढाएर हिँडेका छन्।ु
उनले सबै हिसाबले प्रतिगामी र ध्वंसात्मक बाटोमा लागेको भन्दै तत्काल ओलीसँग एकता हुन नसक्ने बताएका छन् ुअहिले प्रतिगामीहरु दिमाग खुस्केको मान्छे जस्तो दिनदिनै जे पायो त्यी बोलेको छु, उनले भने, ुराज्यका सबै संरचनलाई कब्जा गर्न खोजेका थिए तर हामीले विफल बनायौँ। अरु सबैका निम्ति खुला हुन्छौँ तर प्रतिगामी शक्तिसँग खुला हुँदैनौँ।ुउनले आगामी चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर जाने सहमति भएको पनि बताएका छन्।
ुचुनावमा तालमेलमा जाने सहमति भइसकेको छ। जित जितको स्थितिमा जाने भन्ने भएको छु, उनले भने, ुजनता उत्साहित छन्, त्यसले प्रतिगामीहरुको निद हराम भएको छ। हामी अगाडि बढ्छौँ हात्ती झैँ हिँडिरहन्छौँ।ु
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend