काठमाडौं २० चैत्र । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन् । टोखामा आयोजना हुन लागेको भेलालाई सम्बोधन गर्न ओली मध्यान्ह १२ बजे कार्यक्रमस्थल पुग्ने भएका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओली विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाइ रहेका छन् । केही दिन अघि अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्लाहरु पुगेका थिए । त्यस्तै शनिबार उनी खोटाङ पुगेका थिए । एमालेले देशव्यापी रुपमा पार्टी प्रवेश अभियानसमेत चलाइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend