सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चैत १३ मा बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी

चैत १३ मा बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा चैत १३ गते नयाँ सरकार गठन हुने तयारी भएको छ। चैत १२ गते नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेपछि भोलिपल्ट नै शाहले आफ्नो मन्त्रीमण्डलसहित सपथ लिने कार्यक्रम तय भएको रास्वपाका नेताहरूले बताएका छन्।

नयाँ सरकार गठनका विषयमा बिहीबार रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्याल बीच छलफल भएको छ। छलफलमा एक हप्ताभित्र मन्त्रीहरूको टुंगो लगाउने सहमति भएको बताइएको छ।

नयाँ मन्त्रीमण्डलमा सकेसम्म ‘विज्ञ’ व्यक्तिहरूलाई समावेश गर्ने तयारी गरिएको छ। सभापति लामिछानेले यसअघि पार्टीको प्रशिक्षण कार्यक्रममा पनि चर्चामा रहेका पात्र मात्र होइन, आफ्नो क्षेत्रमा दक्ष तर चर्चामा नरहेका व्यक्तिहरूलाई अवसर दिनुपर्ने धारणा राखेका थिए। त्यसअनुसार अब्बल क्षमताका तर कम चिनिएका व्यक्तिहरूलाई मन्त्री बनाउनेतर्फ ध्यान केन्द्रित गरिने जनाइएको छ।

सरकारलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या घटाउने तयारी भइरहेको छ। प्रारम्भिक छलफल अनुसार १५ मन्त्री र ३ राज्यमन्त्री गरी १८ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने योजना बनाइएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend