सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गगन थापालाई अमरेश सिंहले लेखे खुलापत्र 

गगन थापालाई अमरेश सिंहले लेखे खुलापत्र 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता एवं प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै खुलापत्र लेखेका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा सिंहले थापामाथि कडा टिप्पणी गरेका हुन्।

खुलापत्रमा सिंहले गगन थापालाई भ्रष्ट शक्तिहरूको साथमा उभिएको आरोप लगाएका छन्। उनले लेखेका छन्— “सबैभन्दा पहिला तपाईँलाई धन्यवाद दिन चाहन्छु कि तपाईँ सर्लाहीमा आएर चुनाव लड्नुभयो। तपाईँ आफैँ आएको भए चुनाव झनै रोचक हुने थियो। तर तपाईँ भ्रष्टहरूद्वारा आयातित उम्मेदवार बन्नुभयो।”

सिंहले थप आरोप लगाउँदै आफ्नो निजी तथा पारिवारिक जीवनमाथि अनावश्यक टिप्पणी गराउन भ्रष्ट समूहलाई प्रयोग गरिएको दाबी गरेका छन्।

यद्यपि उनले राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने विश्वास व्यक्त गर्दै चुनावी तिक्तता अब समाप्त गर्नुपर्ने बताएका छन्।

सिंहले रास्वपाले भ्रष्टाचारविरुद्ध जनमत प्राप्त गरेको दाबी गर्दै गगन थापालाई भ्रष्ट शक्तिको साथ छोडेर स्वच्छ राजनीतितर्फ लाग्न आग्रह गरेका छन्। उनले पत्रको अन्त्यमा थापाको आगामी राजनीति सफा र स्वच्छ होस् भन्ने कामना समेत व्यक्त गरेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend