सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गुल्मी–२ मा गोकर्ण विष्टको अग्रता, कडा प्रतिस्पर्धा कायम

गुल्मी–२ मा गोकर्ण विष्टको अग्रता, कडा प्रतिस्पर्धा कायम

  • शुक्रबार, २२ फाल्गुन २०८२

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष तथा उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणनाअनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीलाई ७५५ मतान्तरले पछाडि पारेका छन्।

प्राप्त मतपरिणाम अनुसार विष्टले ७ हजार ११५ मत प्राप्त गरेका छन् भने पन्थीले ६ हजार ३६० मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवन श्रेष्ठ ले ५ हजार ५९५ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा मतगणना निकै प्रतिस्पर्धात्मक बनेको छ। एमालेका विष्ट यसअघि पनि यही क्षेत्रबाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend