काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा उनीहरूबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा दुई देशबीचको सहयोगलाई थप प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भेटमा आपसी हितका विविध विषयमा छलफल गर्दै सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा समेत सकारात्मक संवाद भएको थियो ।
यसैबीच चिनियाँ राजदूत चाङ माओमिङले सामाजिक सञ्जालमार्फत परराष्ट्र सचिव राईसँग द्विपक्षीय सम्बन्धका विषयमा गहन छलफल भएको उल्लेख गर्दै नेपाल र चीनबीचको आपसी सहयोगलाई आगामी दिनमा अझ विस्तार गर्ने सहमति भएको बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend