सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सात वटै प्रदेशमा रहेका गलैँचा उद्योगहरुलाई एकरुपताका साथ अघि लैजाने नीति सरकारले अवलम्बन गर्छः मुख्यसचिव बैरागी

सात वटै प्रदेशमा रहेका गलैँचा उद्योगहरुलाई एकरुपताका साथ अघि लैजाने नीति सरकारले अवलम्बन गर्छः मुख्यसचिव बैरागी

खबरब्रेकिंग, काठमाडौं, चैत्र, १६गते। नेपालको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउनका लागि सबैको हातेमालो आवश्यक रहेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले बताएका छन् । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको पाँचौं वार्षिक साधारण सभामा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताएका हुन । देशको अर्थतन्त्र बलियो बनाउन सरकार र व्यवसायी मिलेर अघि बढ्नुपर्ने उनले बताए । उनले सात वटै प्रदेशमा रहेका गलैँचा उद्योगहरुलाई एकरुपताका साथ अघि लैजाने नीति सरकारले अवलम्बन गर्ने बताए ।

सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको गलैँचा व्यवसायलाई विश्वबजारमा छुट्टै ब्रान्ड बनाएर प्रस्तुत गर्न सके व्यवसाय फस्टाउने बताए । साथै उनले हाल गलैँचा उद्योग सरकारको पहुँचमा नपुगेका श्रमिकहरुलाई रोजगारी दिने थलो बनिरहेको पनि बताए । ‘गलैँचा उद्योग अपाङ्गमैत्री बन्नुपर्छ, अर्थात् जो असक्त छन्, निरक्षर छन्, उनीहरुलाई यसमा सहभागी गराउन सक्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा यो भन्न सक्नुपर्छ की यो हाम्रो देशका असक्तहरुले उत्पादन गरेको वस्तु हो, तब त्यसको महत्व बढ्छ’, मल्लले भने ।
यस्तै नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका निवर्तमान अध्यक्ष रामबहादुर गुरुङले गलैँचा उद्योग नेपालकै पुरानो उद्योग भए पनि नेपालमा बजारको अभाव रहेको बताए । साथै राज्यले पनि गलैँचा उद्योगका लागि खासै ध्यान नदिएको उनको गुनासो थियो । संघका अध्यक्ष तेन्जिङ शेर्पाले गत वर्षमात्रै ११ अर्ब भन्दा बढीको उत्पादन निर्यात गरेको जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend