सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

गठबन्धनको बैठक पुनः २ बजे बस्ने

गठबन्धनको बैठक पुनः २ बजे बस्ने

खबरब्रेकिंग, काठमाडौं, चैत्र, १६गते। मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुनः २ बजे बस्ने गरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।

उनले भने,‘आज धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो पुनः दुई बजे बस्ने गरी उठेका छौ ।’ उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend