सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

काठमाडौं, चैत्र १३ गते । मुक्तिनाथ विकास बैंकले पोखरा महानगरपालिका २६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु हस्तान्तरण गरेको हो ।

साथै, बैंकले घोराही उप महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सीसीटीभी क्यामेरा जडानको लागि सहयोग गरेको छ । विदुर नगरपालिका वडा नं ९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend