सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं, चैत्र १३ गते । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार तोलाको एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज प्रतितोला दुई सय रुपैयाँले नै घटेर तोलाको एक लाख आठ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर तोलामा एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार चार सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य एक हजार एक सय ६६ पैसा कायम भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend