काठमाडौं, चैत्र १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । जसका लागि उनले सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई सात मन्त्री र एक राज्यमन्त्री दिने तयारीमा छन् । कांग्रेसले भने ८ मन्त्रालयमा दाबी गरेको छ । नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डले अहिले १६ मन्त्रालय आफैंले सम्हालिरहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend