खबरब्रेकिंग, काठमाडौँ,२०७९ चैत ११ गते । कांग्रेस महामन्त्री गगन थापाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न कुनै प्रस्ताव नआएको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई अर्थमन्त्री पद दिने प्रस्ताव गरेको चर्चाबारे थापाले प्रस्टीकरण दिएका हुन् ।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा गरेको कार्यक्रममा थापाले भने, ‘केही साथीहरू भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु, लडेर पाएको छु । साथीहरूको माया र शुभेच्छाले अगाडि बढेको छु ।’
महामन्त्री थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend