सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष होः सभामुख गुरुङ

प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष होः सभामुख गुरुङ

खबरब्रेकिंग, काठमाडौँ,२०७९ चैत ११ गते । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको बताएकी छन् ।

प्रदेशसभा सचिवालयले गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले यस्तो बताएकी हुन । उनले मुलुकको विकास र समृद्धिमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताइन । उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको जिकीर गरिन्।

कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend