सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर बृध्दि के का लागी ?

कर बृध्दि के का लागी ?

भक्त के सी

असल कुरा जस्ले जहा गरे पनि बिचार गरौ सम्मान गरौ । तपाइको समय असल तरिकाले सके अरुको पनि फाइदाका लागि बितोस क्षणिक फाइदाका लागि जे पनि गरिदिने र जे पनि भनिदिने नगरौ । भगवानलाई भगवान जस्तै गरेर श्रद्धा भक्ति गरे जस्तै मानवलाई पनि त्यसरी नै श्रद्धा गरौ । आफ्नो शिक्षा ,उमेर र पैसा को घमण्ड गर्नेहरु कहिले पनि प्रगती को शिखर चुम्न सक्दैनन तेसैले जुन ब्यक्ति सादा जीवन उच्च विचार राखेर राष्ट्रको लागि उच्च विचारका सम्मान गरौ । नेपाल बाहिर र भित्र नेपालीहरुको सामुहिक आवाज कसैको पनि जीउ-धनको सुरक्षा छैन। लुल्ट सम्म लुटे देश कंगाल बनाउने भए भन्छन बिज्ञहरुले नेपालि हैन कि झैँ पनि लाग्यो ! बोल्न मन लाग्यो ! अब फेरी बाकि बिकासको कुरा गरौ ! आर्थिक सम्पन्नतालाई मात्र बिकासको मापदण्ड होइन , शिक्षा,व्यापार,उद्योगहरु,बोल्ने स्वतन्त्रता, हिड्ने स्वतन्त्रता कहाँ हरायो ?
अब नेपालको कुरा गरौ। “लोकतन्त्र” अथवा “प्रजातन्त्र” गणतन्त्र भन्दा, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको पनि बर्षौ भयो । बर्षौ अगाडिको नेपालबाट नयाँ गणतान्त्रिक नेपालसम्म आई पुग्दा पनि विडम्बना भनुँ, आज पनि सबै तप्काका मानिसहरुको मुखबाट एउटै कुरा सुनिन्छ र त्यो हो “ नेपालको विकास हुन सकेन” “ भ्रष्टाचारको महामारीबाट देश ग्रस्त भएको छ” “ जीवन पीडादायी र कस्टकर भयो” “खान बाँच्न नसकिने गरी मालसामनाको भाउ वढ्यो” “कर बृध्दि के का लागी? बिकास वा नेताहरुको सुबिधाका लागी” आदि । र सदा नै यसको दोष समान्य नागरिक देखि राज्यको बागडोर सम्हाल्ने सम्मका तप्काले अरुलाई थोपर्ने बाहेक कतै कसैले रचनात्मक टिप्पणी गरेको पाईन्न र यदि पाइए पनि ज्यादै दुर्लभ छ। यसरी हामी राजतन्त्रबाट गणतन्त्रको फराकिलो राजमार्ग सम्म पुग्दा हाम्रा गाँस, बास, कपासको बन्दिलो व्यवस्था गर्न नसक्ने अवस्थामा छौ। यो नहुनु पर्थ्यो किनकि कुनै पनि राज्यको आम्दानीले एकसरो खाना र एउटा बास एकसरो लुगा दिन सक्दैन भन्ने परिकल्पना हुनै सक्दैन। प्रजातन्त्रले राजतन्त्रलाई पनि समेट्छ गणतन्त्रले वंशानुवादको राजतन्त्रलाई कतैबाट स्विकार्दैन गणतन्त्रक नेता भन्छन । राजतन्त्र र प्रजातन्त्र भएका बिकसित देशहरु : जापान, युनाइटेड किंगडम, डेनमार्क,इस्वातिनी, साउदी अरेबिया, भ्याटिकन सिटी,
युएई, मलेसिया,जोर्डन, लिकटेन्स्टाइन, मोरक्को,बेलिज, बहामास, जमैका, ग्रेनाडा, एन्टिगुवा र बारबुडा, सेन्ट किट्स र नेभिस छन् | बेलायतमा लिखित संविधान छैन र पनि सबै कुराहरु संविधान सरहका बिल विधियकहरूबाट सञ्चालन गरिन्छ।नागरिक भन्छन राजतन्त्रमा पनि प्रजातन्त्र थियो भन्ने गर्छन्।अर्कोतिर हरेक मुद्धाहरु संवैधानिक इजलासले हेरेर निर्णय गरेको देख्दा हाम्रो देश कतै शक्ति सन्तुलनका नाम्मा संविधानवादभित्र अल्मलिएको त छैन प्रश्न पनि उठ्छ उठेको छ। गणतन्त्रको लाभ जनताले पाएका छैनन्।समय सापेक्ष विकसित भएका तन्त्रहरुले मानिसको जीवन स्तर, चेतना स्तर र स्रोत साधनको प्रयोगमा समानता दिन सकेनन् भने नाम मात्र बदलिएका तन्त्रको कुनै अर्थ रहँदैन।नेता ब्यापारी , ब्यापारी नेता भएको कहिँ छ ? देश छ भने नेपाल नै हो जस्तो बुजिंछ । कसरी भयो बजारमा पैसाको हाहाकार? ब्यापारी र नेताले लुकाए ? , ब्यापारीले ठूला नेतालाई घुमाउने गरेकोले देखिन्छ । जनता झन् गरिब भए नेता धनि भए नेताहरु ब्यापारी भन्दा पनि महंगा किन ? भ्रष्टाचार र दण्डहीनताले देशलाई ढपक्कै ढाकेको छ । लोकतन्त्रलाई जोकतन्त्र बनाएर नागरिक बैदेशिक रोजगार खोज्ने बाध्यता भएको छ । देश यति बिग्रेको छ कि कुरा गरिसाध्य छैन । पलपलमा छल छ, बेइमानको ढलमा हाम्रा प्रायःजसो पुराना अग्रगामी नेता पौडिएका छन् । राजनीति मकुण्डो लगाएर लाजनीति बनाएका छन् ।त्यसैले भ्रष्ट नेता चुन्ने कि प्रष्ट नेता चुन्ने, जिम्मा जनताकै हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend