खबरब्रेकिंग, काठमाडौँ २०७९ चैत्र १० गते। मन्त्रिपरिषद्को बैठक आज अपरान्ह ४ बजे बस्दै छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)नियुक्त गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो।
सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend