फाइल तस्वीर
खबरब्रेकिंग, काठमाडौं, २०७९ चैत ७ गते । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा सहभागी हुनेबारे छलफल भए पनि नीति, कार्यक्रम, लक्ष्य र उद्देश्य टुंगिनुपर्ने बताएका छन् । पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले यस्तो बताएका हुन । उनले सरकारको खाका पहिले प्रस्ट हुनुपर्ने बताए ।
‘सरकारमा सहभागी हुनेबारे छलफल भयो । तर सकारमा कसरी जाने के उद्देश्यले जाने ? के नीति कार्यक्रमले जाने सरकारमा के कति हिस्सेदारी हुन्छ ? यस विषयमा छलफल गरेपछि मात्रै एउटा टुंगोमा पुग्ने भन्ने भएको छ’ खनालले भने, ‘अब अध्यक्षको नेतृत्वमा टिमले कुरा सत्ता गठबन्धनसँग कुरा गर्छ ।’ आफूहरूले सरकारमा भागबण्डा मात्रै भन्दा पनि उद्देश्य र कार्यक्रममा जोड दिएको दाबी उनले गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend