सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

खबरब्रेकिंग, काठमाडौं २०७९ चैत्र ६ गते। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

उक्त सुन आइतबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । उक्त चाँदी आज तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend